गाउँ सहर

सवारी साधनको ठक्करबाट एक जनाकाे ज्यान गयाे

काठमाडाैं । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट  एक जनाको  मृत्यु भएकाे छ ।  बाँकेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट  एक जनाको  मृत्यु भएकाे हाे ।

जिल्लाको  बैजनाथ गाउँपालिका–५रङगिला चोकस्थित सडकमा  सवारी साधनको ठक्करबाट सल्यान  कालिमाटी गाउँ ७ घुईयाबारी बस्ने ६० वर्षीया गोरी बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फरार सवारी साधनको खोजी  भैरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत