राजनीति

प्रधानमन्त्री देउवाकाे सम्बाेधन : तीनै तहको निर्वाचन प्राथमिकता, आर्थिक वृद्धिदर बढेकाे छ (४७ बुँदे पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।

उनले ६ महिनाको अवधिमा खोप कार्यक्रमलाई सशक्त रूपमा अघि बढाइएको बताए । उनले केही समयभित्रै ११ वर्षमुनिका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप उपलब्ध गराइने उल्लेख गरे ।

४७ बुँदामा ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले यसै महिनादेखि ६० वर्षमाथिका नागरिकलाई ‘बुस्टर डोज’ दिइने जानकारी दिए ।

प्रधानमन्त्री देउवाले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने बताएका छन् । प्रधानमन्त्री देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाह र आयातमा भएको बढोत्तरीले आर्थिक वृद्धिदर गत वर्षको भन्दा वृद्धि हुने अनुमान रहेको बताएका हुन् ।

उनले यसअवधिमा मुद्रास्फ्रीति करिब ७.९९ प्रतिशतले बढेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनका सन्दर्भमा संयुक्त सरकारले प्राथमिकतामा राखेर ल्याएको साझा न्यूनतम कार्यक्रमको आधारमा बजेटलाई पुनरावलोकन गरी स्वीकृति तथा कार्यान्वयनमा ल्याइएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने सरकारले ४ खर्ब ६ अर्ब ७८ करोड खर्च गरेको छ ।

प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनलाई सुदृढ बनाउने लक्ष्यसहित सरकारले प्रदेश सरकारहरुलाई १ खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ बित्तीय हस्तान्तरण गरेको बताए ।

उनले ८२ वटा झोलुंगे पुल र १७७ किलोमिटर सडक कालाेपत्र गर्न सफल भएको पनि बताए ।

गाउँ सहर संवाददाता

तपाईँको मत