एसईई परीक्षा वैशाखमा सञ्चालन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | ०८:२४:०० मा प्रकाशित
काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ।
बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले आगामी वैशाखको पहिलो साता परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिएका छन्। त्यसका लागि केही दिनमै परीक्षा तालिका सार्वजनिक गरिने उनले बताए।
यस वर्ष एसईई बोर्डले सञ्चालन गर्ने कि प्रदेश मातहत सञ्चालन हुने भन्ने अन्योल छ। तर, बोर्डले भने परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा नबस्न आग्रह गरेको छ।
‘विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ,’ अध्यक्ष शर्माले भने, ‘वैशाखमा परीक्षा सञ्चालन गरे पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गर्नेछौँ।’
सरकारले प्रत्येक वर्ष चैतमा एसईई परीक्षा सञ्चालन गर्दै आएको थियो। तर, विगत दुई वर्षदेखि कोरोना कहरको कारण एसईई परीक्षा नियमित सञ्चालन हुन सकेको छैन।
व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले पनि एसईई परीक्षाको विषयमा शिक्षक, विद्यार्थी र अभिभावक अन्योलमा छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस