काठमाडाैँलगायत देशका विभिन्न स्थानमा पूर्ण बदली, तराईका थोरै स्थानमा हुस्सु/कुहिरो
- गाउँ सहर संवाददाता
- ९ माघ आइतबार, २०७८ | ११:५२:०० मा प्रकाशित
काठमाडाैँ । आज काठमाडाैँलगायत देशका विभिन्न स्थानमा पूर्ण बदली छ । घाम लाग्न सकेकाे छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू-भागमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशका भू-भागमा सामान्य बदली रहेको बताएकाे छ । तराईका भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।
उसका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ/गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।
यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले बताएकाे छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ/गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।
विभागले बिहानको समयमा देशका तराई भू-भागका थोरै स्थानहरूमा कुहिरो/हुस्सु लाग्ने र अपरान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको बताउँदै चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन अनुरोध गरेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस