अर्थतन्त्र

शेयर बजारमा १०.८३ अंककाे गिरावट, काराेबार रकम भने बढ्याे

काठमाडाैं । नेप्सेमा साताको कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले गिरावट  आएकाे छ ।  आज नेप्से १०.८३ अंकले घटेर दुई हजार ९ सय २० दशमलब ५१ विन्दुमा रोकिएको हो । बिहिबार नेप्से ३२.९६ अंकले बढेर दुई हजार ९ सय ३१ दशमलब २६ विन्दुमा रोकिएको  थियो ।

कारोबार रकममा भने बढेको छ । आज ७ अर्ब ३ करोड ५ लाख बराबरको कारोबार भएको छ । बिहिबार ५ अर्ब ७७ करोड ३१ लाख बराबरको कारोबार भएको थियो ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, वीन नेपाल लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी रहेको छ । आज कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएकाे छ ।

नेप्सेका अनुसार गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, प्रभु बैंक, बेस्ट फाइनान्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस सामलिङ पावर कम्पनी, शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ भने गोर्खाज फाइनान्स, प्रभु बैंक, बेस्ट फाइनान्स कम्पनीको शेयरमुल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ३२ करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।        

 

गाउँ सहर संवाददाता

तपाईँको मत