स्वास्थ्य

२१ हजार जनामा कोरोना परीक्षण गर्दा १० हजारभन्दा बढिमा संक्रमण पुष्टि, चार जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २२६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण गरिएको थियो । 

देशभर ८२ हजार ५५० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् । 

यस्तै २५४० जना संक्रमणबाट मुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६  जना संक्रमित थपिएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत