गाउँ सहर

मोटरसाइकल दुर्घटना एककाे मृत्यु, एक घाइते

काठमाडाैं । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजाे राति दाङकाे लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका-४ बलामपुरमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटा रहेका छन् । मोटरसाइकलमा सवार चितवन भरतपुर–७ रामप्रसाद सापकोटा घाइते भएको प्रहरीले जानकारी दिएकाे छ । 

दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । घाइते सापकोटाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्लाबाहिर लगिएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत