एशियन लाइफ इन्स्योरेन्सद्वारा बाल भविष्य प्लस जीवन बीमा योजना सार्वजनिक
- गाउँ सहर संवाददाता
- १० माघ सोमबार, २०७८ | २०:३०:०० मा प्रकाशित
काठमाडाैँ । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले संयुक्त रुपमा सो याजना सार्वजनिक गरेका हुन् ।
यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेरसम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागि बीमा गर्न सकिन्छ । यसको न्यूनत्तम बीमांक ५० हजारदेखि अधिकतम बीमांक प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ कम्पनीले जनाएको छ ।
बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तीमा बीमांक र बोनस रकम एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिइनेछ । त्यसैगरी जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बिमितको कानूनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिनेछ ।
जोखिम प्रारम्भ भएपछि बीमा अवधीभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमांकको २५ प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमांकको ७५ प्रतिशत रकम व्याजसहित र मृत्यु हुँदासम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइने कम्पनीले जनाएको छ ।
यस बीमा योजनामा अतिरिक्त बीमाशुल्क वापत बीमा शुल्क छुट सुविधा मासिक आय सुविधा र अग्रिम जोखिम बहन सुविधा समेत रोज्न सकिनेछ । अग्रिम जोखिम बहन सुविधा अन्तर्गत ४ वर्ष भन्दा मुनिका बालबालिकाको जोखिम बहन, बीमा प्रारम्भ मितिले न्यूनतम २ वर्ष पश्चात सुरु गर्न सकिने कम्पनीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस