अर्थतन्त्र

मंगलबार बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । साेमबार सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

 महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ ।  

आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३१५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १३ सय रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत