उतारचढावबीच शेयरबजार परिसूचक नेप्से सामान्य अंकले घट्याे
- गाउँ सहर संवाददाता
- ११ माघ मंगलबार, २०७८ | १५:३३:०० मा प्रकाशित
काठमाडौं । दिनभरकाे उतारचढावकाे काराेबारपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंककाे गिरावट आएको छ ।
साताकाे तेस्राे दिन नेप्से मंगलबार आज नेप्से ५.९२ अंकले घटेर २८१४.७४ बिन्दुमा थामिएकाे छ । हिजाे सोमबार नेप्से सय अंकले घटेको थियो ।
२२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको छ । सोमबार ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको थियो ।
वन नेपाल लघुवित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्ध भुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
यो दिनको कारोबारमा पोखरा फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यता गोर्खाज फाइनान्स, समिट लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस