काेभिडका कारण आन्तरिक हवाई उडानमा यात्रुहरूको चाप घटेसँगै उडानमा कटौती
- गाउँ सहर संवाददाता
- १२ माघ बुधबार, २०७८ | ११:४८:०० मा प्रकाशित
काठमाडाैं । अहिले हवाई यात्रुहरूको चाप घटेको छ । कोरोना महामारी बढेसँगै हवाई यात्रुहरूको चाप घटेको हाे । आन्तरिक हवाई उडानमा यात्रुहरूको चाप पहिलेको तुलनामा २५ प्रतिशतले घटेको बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले जानकारी दिएका छन् ।
जाेशीका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेको ‘अहिले यात्रुहरूको चाप पनि घटेको छ । हामीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा दिइरहेको छौँ । खोप कार्डलाई पनि अनिवार्य गरेका छौँ ।’ प्रतिदिन ७० देखि ८० उडान भर्ने गरेको बुद्ध एयरले अहिले दैनिक ५५ देखि ६० उडान भर्ने गरेको उनले बताए ।
हाल यात्रुहरूको चाप धेरै घटेको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जनाए । उनका अनुसार ‘एउटा हेलिकप्टरले तीन दिनमा एउटा उडान भरिरहेको छ । मान्छेहरू पनि हिँडेका छैनन् । विवाहका लागि अलि अलि मान्छेहरू हिँडेका छन् । अति आवश्यक काममा लागि हिँड्ने यात्रुहरू केही छन् । नत्र मान्छे नै छैनन् । ४० प्रतिशत जति यात्रुहरू विवाहका लागि हिँडेका छन् ।’
अहिले हवाई उडानमा ५० प्रतिशत पनि यात्रु छैनन् । दिवा उडानमा यात्रु नभए पछि रात्रि उडान पनि भरिएको छैन । त्यस्तै उनले यात्रुहरूको सेवा सुविधाका लागि स्वास्थ्य मापदण्ड पालना गरेको बताए उनले भने, ‘हामीले यात्रुहरूको सेवा सुविधाका लागि स्वास्थ्य मापदण्ड पालना गरेका छौ । खोप कार्ड चेक गरेका छौँ । यात्रुहरूको निगरानी राखेका छौँ । एयरपोर्टमा पनि भिडभाड नहुने गरी सामाजिक दुरी कायम गरी सेवा सुविधा दिइरहेकाे कँडेलले जानकारी दिएका छन् ।
यात्रुहरूको सामानहरूमा समेत स्यानिटाइज गर्ने गरेको उनले बताए । यात्रु र कर्मचारीहरू बिचमा भौतिक दुरी कायम गर्दै सेवा दिइरहेका छौ । साथै यात्रुहरूलाई स्यानिटाइजर पनि उपलब्ध गराउने गरेका छौ । त्यस्तै उडान सकिएपछि जहाजमा स्यानिटाइज पनि गर्ने गरेका छौँ । यात्रु ओसार पसार गर्ने गाडीमा सीमित यात्रु राख्ने गरिएको छ कँडेलले जानकारी दिए ।
उनका अनुसार हाल प्लेन र हेलिकप्टर गरी दैनिक ८० उडान हुने गरेको छ । ‘दैनिक डेढ सय उडान भर्ने गरेकोमा अहिले मुस्किलले ८० उडान हुन्छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस