गाउँ सहर

नेपालकाे जनसंख्या वृद्धिदर ८० वर्ष यताकै कम

काठमाडाैं । केन्द्रीय तथ्यांक विभागले आज पारम्भिक रुपमा  जनगणनाको नतिजा सार्वजनिक गरेको छ । विभागका अनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम देखिएको छ । केन्द्रीय तथ्यांक विभागले आज पारम्भिक रुपमा सार्वजनिक गरेको जनगणनाको नतिजा अनुसार यस्तो तथ्यांक देखिएको हाे ।

नेपालमा अहिले कुल २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । १० वर्षको वीचमा करिव ९७ लाख मात्र जनसंख्या वढेको छ ।

यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव २७ प्रतिशत रहेको थियो । पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हाे । 

गाउँ सहर संवाददाता

तपाईँको मत