वातावरण

आज देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुने

काठमाडाैँ । आज २०७८ माघ १३ गते  (बिहीबार) माैसम विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुने संभावना छ ।

विभागका अनुसार, दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना छ ।

यस्तै राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे विभागले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत