हेर्नुहाेस् आफ्नाे जिल्ला र नगर-गाउँको जनसंख्याकाे प्रारम्भिक तथ्याँक (विवरणसहित)
- गाउँ सहर संवाददाता
- १३ माघ बिहीबार, २०७८ | ०८:२५:०० मा प्रकाशित
काठमाडाैं । केन्द्रीय तथ्याङ्क विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।
यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको पाइएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् ।
जनगणना अनुसार सबैभन्दा धेरै जनसंख्या वृद्धिदर भएका जिल्लाहरु भक्तपुर, रुपन्देही,चितनव, बाँके र सुनसरी रहेका छन् भने जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु रामेछाम, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् ।
सबैभन्दा धेरै जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाको संख्या ३६ रहेको छ भने जनसंख्या वृद्धिदर धनात्मक भएको जिल्लाको संख्या ४५ रहेको छ ।
यस्तै सार्वजनिक तथ्यांक अनुसार सबैभन्दा धेरै जनसख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७०,३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ रहेको छ ।
सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा ८,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको विभागले जानकारी दिएको छ ।
२० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ छ भने १ लाखभन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।
हेर्नुहाेस् राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस