गाउँ सहर

पाँच वर्षीया बालिका बलात्कार गर्ने प्रहरी नियन्त्रणमा

काठमाडाैं । प्रहरीले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेकाे छ ।  झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएकाे हाे । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगर रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी,रौतहटमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिका-३ मेवा बस्ने ३० वर्षीय चन्दन साह कानुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । कानुले ती महिलालाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मेवाटेङग्राहा र ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत