शुक्रबारदेखि उपत्यकामा जोर-बिजोर प्रणाली हट्ला त ?
- गाउँ सहर संवाददाता
- १३ माघ बिहीबार, २०७८ | १३:५९:०० मा प्रकाशित
काठमाडौं । उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशबारे समीक्षा गर्ने भएका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दै यसबारे समीक्षा गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकामा प्रशासन कार्यालयले जोर-बिजोर प्रणाली लागु गरेको छ । त्यसले सवारी साधनको चाप घटाए पनि सार्वजनिक सवारी साधनमा यात्रुहरूको भीडभाड लागेको भन्दै गुनासोहरू आइरहेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले यसबारे मिश्रित प्रतिक्रियाहरू आएको बताएका छन् । ‘यसबारेमा मिश्रित प्रतिक्रियाहरू आएका छन् । कसैले यसले भीडभाड बढाएको भनेका छन् । कतिले यसले अनावश्यक रूपमा हिँडडुल गर्ने कम भएको पनि भनेका छन्,’ रिजालले भने, ‘हामी पनि अनुगमन गर्दैछौं ।’
यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि भोलिसम्ममा अर्को आदेश जारी गर्ने बताए । यद्यपि जोर-बिजोर प्रणालीलाई हटाउनेबारे निष्कर्षमा पुगि नसकेको उनले बताए ।
‘जोर-बिजोर प्रणालीबारे समीक्षा हुँदैछ। आज-भोलि बैठक बस्ने भएका छौं । हेरौं के निष्कर्ष निस्किन्छ,’ उनले भने, ‘ठोस कुरा केही भइसकेको छैन । आज-भोलिसम्मको अवस्था हेरेर थप समीक्षा गर्छौं ।’ प्रशासन कार्यालयले जारी गरेका आदेश पालना र प्रभावको समीक्षा गरिने उनले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस