बिहीबार सामान्य अंकले सुधारियाे शेयर बजार, काराेबार रकम भने खुम्चियाे
- गाउँ सहर संवाददाता
- १३ माघ बिहीबार, २०७८ | १५:३१:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजार साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ३.२९ अंकले बढेर दुई हजार ७ सय ७९ दशमलब ९३ विन्दुमा पुगेको हो । बुधबार नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा बन्द भएकोे थियो ।
आज कारोबार रकममा भने गिरावट आएको छ । आज ३ अर्ब ३४ करोड ३४ लाख बराबरको कारोबार भएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनी रहेको छ । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३३८.२० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०९.५० रुपैयाँ पुगेको छ । सिडीबिडी हाइड्रोपावर डेलपमेन्ट कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले बढेर प्रतिकित्ता १०१० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस