स्वास्थ्य

२१ हजार ८०८ जनाको कोरोना परीक्षण हुँदा ८ हजार १७ जना नयाँ संक्रमित थपिए, थप १५ जनाको निधन

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण थप १५ जनाको दुखद निधन भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार ६८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा २१ हजार ८०८ जनाको परीक्षण हुँदा नयाँ ८ हजार १७ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमित पिसिआरबाट ९ लाख ३९ हजार २६७ र एन्टीजेन विधिबाट १ लाख २२ हजार ८३८ पुगेको छ ।

सो अवधिमा ५ हजार २९२ जनाले स्वास्थ्य लाभ गरेका छन् । यो सहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या ८ लाख ३७ हजार ४ पुगेको छ ।

मन्त्रालयका अनुसार सो अवधिमा ५ लाख ५४ हजार ५६६ जनाले खोप लगाएका छन् ।

देशमा १४९ जना क्वारेन्टाइनमा छन् भने सक्रिय संक्रमितको संख्या ९० हजार ५६७ रहेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत