उपत्यकामा एकै दिन थपिए ३१४३ जना काेराेना संक्रमित
- गाउँ सहर संवाददाता
- १३ माघ बिहीबार, २०७८ | १६:४१:०० मा प्रकाशित
काठमाडाैं । उपत्यकामा ३१४३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं मात्रै ३१४३ जना संक्रमित थपिएका हुन् ।
काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
उपत्यकामा मात्रै ५४८६३ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन् ।
देशमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा गरेको २१ हजार ८ सय ८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेकाे मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार ५८१६ पिसिआर परीक्षणबाट र २२०१ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा ५२९२ जना कोरोना संक्रमित निको भएका छन् ।
यस्तै सोही अवधिमा १५ जना कोरोना संक्रमितकाे निधन भएकाे मन्त्रालयले बताएकाे छ ।
हाल देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
- नेपाललाई जितका लागि वेस्ट इन्डिज ‘ए’ काे विशाल लक्ष्य
- चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण
- स्वास्थ्य मन्त्रालयले मास्क लगाउन आग्रह गर्नुपर्ने अवस्था किन आयाे ?
- शेयरबजार : नेप्से र काराेबार दुवै बढ्याे
- ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङको १० मिलियन डलर लगानी
- एमालेको कान्छो सांसदकाे रूपमा सुहाङले जित्दा रास्वपाका मिलनकाे जमानत नै जफत
प्रतिकृया दिनुहोस