गाउँ सहर

पोर्चुगलमा एक नेपाली युवकद्वारा आत्महत्या

प्रतिकात्मक तस्बिर

लण्डन । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।

कञ्चनपुरकाे भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे ।

उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको थापाले जानकारी दिए । उनका एक छोरा र श्रीमती छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत