गाउँ सहर

प्रहरीद्वारा प्रतिबन्धित १६० केजी गाजा बरामद

काठमाडाैं । प्रहरीले प्रतिबन्धित १६० केजी गाजा बरामद गरेकाे छ । सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलोग्राम गाजा बरामद गरेको हाे । सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको जानकारी दिएकाे छ । 

सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।

परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ ।

बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत