गाउँ सहर

माटोको ढिस्कोले पुरिएर एक जनाकाे मृत्यु

काठमाडाैं । माटोको ढिस्कोले पुरिएर एक जनाकाे मृत्यु भएकाे छ । नाला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उदयपुरमा एक जनाको मृत्यु भएको हाे ।

उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेस्थितमा नाला खन्ने क्रममा ५६ वर्षीय झर्कबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुररले जानकारी दिएकाे छ ।

नाला खन्ने क्रममा माटोको ढिस्को झर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएका सार्कीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत