गाउँ सहर

उपत्यकाका सिडीओहरुको बैठक बस्दै, जोर बिजोर प्रणालीलाई व्यवस्थित बनाउने एजेन्डामाथि छलफल हुने

काठमाडौं । शुक्रबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुको बैठक बस्दै छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नियन्त्रणबारे छलफल गर्न आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक बस्न लागेकाे हाे ।

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्ने विषयमा बैठक बस्न लागेको जानकारी दिएका छन् । 

प्रजिअ रिजालले भने– ‘अहिले तत्काल जोरबिजोर हटाउने निर्णय गर्दैनौं’ ‘व्यवस्थित कसरी गर्ने भन्नेबारे ललितपुर र भक्तपुर जिल्लाको पनि फिडव्याक लिएर निर्णय लिन्छौं ।’

भाेलि नेपाल र मौरिसस बीचको फुटबल हुँदैछ । सो प्रतियोगितामा दर्शक पनि उपस्थित गराउने गरी अनुमति दिन अखिल नेपाल फुटबल संघले स्थानीय प्रशासनलाई आग्रह गरेको छ । प्रजिअहरुको बैठकमा त्यसबारे पनि छलफल हुने रिजालले बताएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत