महामन्त्री शर्माले भने संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो
- गाउँ सहर संवाददाता
- १४ माघ शुक्रबार, २०७८ | १२:०९:०० मा प्रकाशित
काठमाडाैं । काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताएका छन् । कसैको नाम नलिइ शर्माले शुक्रबार सामाजिक सञ्जाल लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो !’
एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिनअघि कोरोना पोजेटिभ भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि ओलीको उक्त कदमको चर्को आलोचना भएको थियो । उनले सोही यहि ज्ञान र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि आफु पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको जानकारी गराएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस