स्वास्थ्य

१९ हजार ८६९ जनाकाे काेराेना परीक्षण गर्दा नयाँ ६ हजार ८२७ संक्रमित थपिए, थप १० जनाकाे निधन

काठमाडाैँ । पछिल्लाे २४ घण्टामा १९ हजार ८६९ जनाकाे काेराेना परीक्षण गर्दा नयाँ ६ हजार ८२७ संक्रमित थपिएका छन् । यसबीचमा ज्यान गुमाउनेकाे संख्या १० छ । याेसहित कुल ज्यान गुमाउनेकाे संख्या ११ हजार ६९७ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसबीचमा ५ हजार ४३२ जनाले स्वास्थ्य लाभ गरेका छन् । याेसहित कुल स्वास्थ्य लाभ गर्नेकाे संख्या ८ लाख ४२ हजार ४३६ पुगेकाे छ ।

साे अवधिमा १ लाख २८ हजार ५६३ जनाले खाेप लगाएका छन् । अहिले देशमा कुल संक्रमितकाे संख्या ८९ हजार ९४१ रहेकाे छ ।

खोप अभियानमा संलग्न सबैलाई मन्त्रीको धन्यवाद

गाउँ सहर संवाददाता

तपाईँको मत