संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ : कमल थापा
- गाउँ सहर संवाददाता
- १४ माघ शुक्रबार, २०७८ | १३:५४:०० मा प्रकाशित
काठमाडाैं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु प्रतिगामी कार्य हुने बताएका छन् । थापाले शुक्रबार सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् । उनले पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने गरी कानुन बनेको भन्दै त्यसलाई कुनै पनि बहानामा उलंघन गर्नु नहुनेमा जोड दिएका छन् ।
नेता थापाले संविधानमा तीन तहको सरकारको व्यवस्था गरेको भन्दै कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन नहुने परिकल्पना गरेको प्रष्ट पारेका छन् ।
‘संविधानमा तीन तहको सरकारको व्यवस्था छ । कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिबिहीन हुने परिकल्पना संविधानमा छैन’, थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस