राजनीति

शनिबार सत्तारुढ गठबन्धनको बैठक बस्दै, स्थानीय तहको निर्वाचनबारे छलफल हुने

 काठमाडाैं । सत्तारुढ गठबन्धनको बैठक शनिबार बस्ने भएको छ । सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा गठबन्धनको बैठक बोलाउने निर्णय भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भएकाे छलफलबाट सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको हाे । आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको स्रोतले जानकारी दिएकाे छ ।

सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा छलफल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भएकाे छलफलबाट सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको हाे । आजको छलफलमा भोलि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको स्रोतले जनायाे । 

स्थानीय तहको निर्वाचनका लागि देखा परेको भनिएको कानुनी जटिलता र लामो समयदेखि संसद चल्न नसकेको विषयमा पनि तीन नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।

ऐनमा स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरे हुने उल्लेख छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत