मरिससविरुद्ध नेपालकाे १–० गोलको जित
- गाउँ सहर संवाददाता
- १५ माघ शनिबार, २०७८ | १८:५४:०० मा प्रकाशित
काठमाडौँ । मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा शनिबार नेपालले मरिससविरुद्ध १–० गोलको जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।
विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । एक वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।
विजयी गोल गरेका विमलले 'म्यान अफ दि म्याच' अवार्ड पाएका छन् ।
२६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गरेका हुन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर रहेका थिए ।
प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मरिससविरुद्धको खेलमा अन्जन विष्ट, विमल घर्तीमगर, सुनिल बल, तेज तामाङ, सुमन लामा, सुरज ज्यू ठकुरी, सुमन लामा, देबेन्द्र तामाङ, दिनेश राजबंशी र किरणकुमार लिम्बु जस्ता पहिलो रोजाइका खेलाडीहरुलाई मैदान उतारेका थिए ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो ।
नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ४:४५ बजेबाट सुरु हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस