भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ लाखभन्दा बढी सङ्क्रमित थपिए
- गाउँ सहर संवाददाता
- १६ माघ आइतबार, २०७८ | १५:०९:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप २ लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा २ लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारि दिएकाे छ । याेसँगै भारतमा ४ करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ ।
सोही अवधिमा कोरोना सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल ४ लाख ९४ हजार ९१ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जनाइएकाे छ ।
मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कुल सङ्क्रमितको ४।५९ प्रतिशत भएको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ ।
पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस