शेयर बजारमा उच्च अंककाे वृद्धि, ६ अर्ब ३२ करोड माथिकाे काराेबार
- गाउँ सहर संवाददाता
- १६ माघ आइतबार, २०७८ | १५:१४:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजारमा साताको कारोबारको पहिलो दिन उच्च अंकको वृद्धि भएको छ । आज नेप्से १०५.५५ अंकले बढेर दुई हजार ८ सय ८५ दशमलब ५३ विन्दुमा पुगेको हो । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज ६ अर्ब ३२ करोड ४२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज ६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । शेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था, लिवर्टी इनर्जि कम्पनी, शिवश्री हाइड्रोपावर, नेपाल इन्फाइन्ट्रक्चर, अरुण भ्याली हाइड्रोपावर र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयर मूल्यमा आज पोजेटिभ सर्किट लागेको छ ।
मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस