गाउँ सहर

एक किलाे सुनसहित पक्राउ

काठमाडाैं । प्रहरीले एक किलो सुनसहित एक जनालाइ पक्राउ गरेकाे छ । कास्कीमा एक किलो सुनसहित एक जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ का २५ वर्षीय रेशम सुनार रहेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–३०, पावरहाउसचोकबाट गए राती उनी पक्राउ परेका हुन् । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग१ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा हाइसमा सवार सुनारले लुकाई ल्याएको पहेलो धातुसहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत