काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार ४०७ पुग्याे, देशभर कति ?
- गाउँ सहर संवाददाता
- १७ माघ सोमबार, २०७८ | १७:२७:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमामात्र १ हजार ३६१ संक्रमित थपिएका छन् ।
भक्तपुरमा ९० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा २७१ संक्रमित भेटिएका छन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार ४०७ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन् । १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप ८ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस