गाउँ सहर

दूधकाे मूल्य बढाउने सरकारकाे निर्णय, अब कति तिर्नुपर्छ ?

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो ।  

सरकाले दूधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।  

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभएर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए । 

दधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीले जानकारी गराएको छ । कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । यो न्यूनतम मात्रा हो ।

दूधको मूल्य वृद्धिका लागि राष्ट्रिय दूध विकास बोर्डले एउटा समिति गठन गरेको थियो । सो समितिले एक महिना लगाएर सातवटै प्रदेशमा गएर अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदन अनुसार प्रशोधित दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कृषि मन्त्रालयलाई सिफारिस गरेको थियो । त्यसमा घटाएर सरकारले मूल्य निर्धारण गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत