आगामी जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने सरकारकाे तयारी
- गाउँ सहर संवाददाता
- १८ माघ मंगलबार, २०७८ | १२:०४:०० मा प्रकाशित
काठमाडाैं । सरकारले स्थानीय चुनावबारे अनौपचारिक रूपमा निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ । सरकारले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्ने थालेकाे गरेकाे छ ।
आयोगले पनि जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नु नपर्ने बताएको छ । जेठ ५ भन्दा पछि स्थानीय चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्ने आयोगको भनाइ छ ।
जेठ ५ भित्र स्थानीय तह निर्वाचन गरे कानुन संशोधन गर्नुपर्दैन भन्ने आयोगको धारणा छ । एक मन्त्रीले भने, ‘जेठ ५ पछि चुनाव गर्ने हो भने कानुन संशोधन गर्नुपर्छ र यसमा आयोगको सहमति हुन्न भन्ने आयोगले जनाएको छ ।’
सम्भवत: आज आयोगसँग छलफल गरेर सरकारले जेठ ५ भित्रै चुनाव गर्ने गरी मिति तय गर्ने निर्णय गर्न सक्ने एक मन्त्रीले बताएका छन् । कानुन संशोधन गर्न नपर्ने भए जेठ ५ भित्रै स्थानीय तह चुनाव गर्न सकिने उनले जनाएका छन् ।
जेठ ५ अघि चुनाव गर्दा कानुन संशोधन नगरे पनि हुन्छ भन्नेबारे तथ्य जुटाउन पनि सरकारले आयोगलाई भनेको छ ।
हालै बसेको सत्तारूढ गठबन्धन बैठकमा पनि स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर जेठभित्रै स्थानीय चुनाव गर्ने सहमति बनेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस