अर्थतन्त्र

सुस्ताएकाे शेयरबजारमा १९ अंकले बढ्याे नेप्से, दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । यसदिन १९.२९ अंकले बढेर २८९१.३४ विन्दुमा पुगेको छ । 

मंगलबार दुई वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीका शेयरमूल्यमा आज सर्किट लेभलमा वृद्धि भएको छ । होटल तथा पर्यटन, जीवन बीमा कम्पनी, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र ट्रेडिङ उपसूचक बाहेकका उपसमूहको सूचक भने बढेको छ ।

अघिल्लाे दिन साढे १३ अंकले घटेर बन्द भएकाे थियाे । यस दिन कारोबार रकम ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

मंगलबार विन लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने बुद्धभुमि हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, नेरुडे लघुवित्त, मेरो माइक्रोफाइनान्स, सिभिल लघुवित्त लगायतकाे शेयरमूल्य घटेको छ ।

मंगलबार नेशनल हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३९ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएकामध्ये १४८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयरमूल्य घटेको छ। यस्तै ६ कम्पनीको शेयरमूल्य स्थिर छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत