अखिल नेपाल किसान महासंघकाे एमसीसी संसदमा पेश गर्नेबारे गम्भिर ध्यानाकर्षण
- गाउँ सहर संवाददाता
- १८ माघ मंगलबार, २०७८ | १९:१०:०० मा प्रकाशित
काठमाडाैँ । अखिल नेपाल किसान महासंघले अमेरिकी निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सम्पूर्ण किसान, मजदुर, बुद्धिजीवी, पेशागत क्षेत्र एवम् श्रमजीवी जागरुक नेपालीको पक्षमा छैन भनी नेपाली जनस्तरबाट अस्वीकृत भईसकेको सन्दर्भमा सरकारले २६ गते संघीय संसद वैठक बोलाएको र उक्त वैठकमा एमसीसी पेश गर्नेबारे विभिन्न संचार माध्यमहरुमा समाचारहरु प्रकाशन भएको विषयमा अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको बताएकाे छ ।
महासंघका अध्यक्ष बलराम बास्कोटाद्वारा जारी विज्ञप्तिमा साे कुरा बताइएकाे हाे ।
जारी विज्ञप्तिमा "अखिल नेपाल किसान महासंघ यस सम्झौताले नेपालको सुरक्षा र राष्ट्रिय हितमा मात्र नभई दक्षिण एशिया र छिमेकी राष्ट्र समाजवादी चिनको समेत शान्ती सुव्यवस्थामा गंभीर रुपमा आँच पुग्ने कुरालाई मध्यनजर गर्दै यो सम्झौता संसदमा पेश नगर्न सरकार समक्ष माग गर्दछ । कथंकदाचित संसदमा पेश गरियो भने कुनै पनि हालतमा यसलाई पास नगर्न जनताद्वारा चुनिनुभएका माननीय सांसदज्युहरुलाई अनुरोध गर्दछ । साथै राजनीतिक पार्टीका नेताहरुलाई यस राष्ट्रघाती सम्झौताको विपक्षमा उभिन तथा पास नर्गनको लागी ह्विप जारी गर्न अनुरोध गर्दछ" भनिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस