पाँच क्यासिनोलाई रोयल्टी र नवीकरणबापतको ८६ करोड रकम तिर्न एक साताकाे म्याद
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | ०९:३०:०० मा प्रकाशित
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पाँच कम्पनीलाई क्यासिनो रोयल्टी तथा नवीकरण वापतको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको छ ।
मन्त्रालयले रोयल्टी र नवीकरणबापतको ८६ करोड रकम तिर्न आलटाल गर्ने पाँच क्यासिनोलाई कारबाहीको चेतावनीसहित ७ दिनको म्याद दिएको हो । सात दिनभित्र भुक्तानी नगरे इजाजत रद्द गर्ने मन्त्रालयको निर्णय छ ।
मन्त्रालयले क्यासिनो सञ्चालन गरिरहेका दरबारमार्गस्थित होटेल याक एन्ड यती, लाजिम्पाटको ओरियन्टल होटेल लिमिटेड (र्याडिसन होटल), रक इन्टरनेसनल काठमाडौं, ह्याप्पी आवर र सेन्ट्रल मिडिया प्रा.लि. काठमाडौंलाई आर्थिक वर्ष २०७६/७७ को रोयल्टी र नवीकरण रकम सात दिनभित्र भुक्तानी गर्न भनेको हो ।
यी क्यासिनोले कुल ८५ करोड ८४ लाख ४७ हजार ८ सय ४८ रूपैयाँ सरकारलाई तिर्न बाँकी छ ।
सबैभन्दा बढी ह्याप्पी आवरले २१ करोड ५५ लाख, होटेल याक एन्ड यतीले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल (र्याडिसन) ले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८ सय ४८ तिर्न बाँकी छ ।
सात दिनभित्र पनि बक्यौता रकम दाखिला नगरे कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।
क्यासिनो सञ्चालकहरूले वर्षौदेखि रोयल्टी रकम नतिरेको पाइएपछि पर्यटनमन्त्री प्रेम आलेले कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।
क्यासिनो नियमावली, २०७० को दफा १४ मा प्रत्येक वर्ष नवीकरण नगर्ने र रोयल्टी रकम नतिर्ने क्यासिनोको इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपिलवस्तुको पकडीमा ४० घर जलेर नष्ट, एकसराे लुगा पनि निकाल्न पाएनन्
- हङकङसँग पराजित हुँदा नेपाल इमर्जिङ एशिया कपमा छनोट हुनबाट बाहिरियाे
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
प्रतिकृया दिनुहोस