पशुपति क्षेत्र विकास कोषको निर्देशन : गोठाटारको अतिक्रमित जग्गा १५ दिनभित्र खाली गर्नु
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १०:३०:०० मा प्रकाशित
काठमाडाैं । कागेश्वरी मनोहरा नगरपालिका- ८गोठाटारमा रहेको जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएको छ । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका- ८गोठाटारमा रहेको जग्गामा बनेका घरटहरा १५ दिनभित्र हटाउन निर्देशन दिइएको हाे । कोषको त्यहाँ रहेको ५३४ रोपनी जग्गा अतिक्रमणको चपेटामा छ ।
जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम बढेपछि कोषले बुधबार सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र टहरा छाप्रा हटाउन भनेको छ ।
‘केही व्यक्तिहरुले अतिक्रमण गरी छाप्रा बनाइ बस्ने गरेकाे पाइएकाले छाप्रा हटाउनेसम्बन्धी पटकपटक सूचना प्रकाशित गरिएकामा हालसम्म पनि अटेर गरी अतिक्रमण गरी बसेका व्यक्तिले छाप्रा नहटाएकाे पाइएकाले याे सूचना प्रकाशित भएकाे १५ दिनभित्र आफैले भत्काइ लैजानु हाेला,’ -सदस्यसचिव मिलनकुमार थापामार्फत जारी सूचनामा उल्लेख छ । अन्यथा कोष आफैले छाप्रा भत्काउने चेतावनी दिइएको छ ।
त्यहाँ रहेका टहरा २०७६ मै हटाउन खोजिएको थियो । त्यसका लागि ११ चैत २०७६ मा सार्वजनिक सूचना प्रकाशन भए पनि कोषले कदम चाल्न सकेको थिएन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
प्रतिकृया दिनुहोस