राजनीति

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडाैं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने लागेको हो ।

आज बस्न लागेको बैठकका लागि सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले छलफल गर्ने एजेण्डा तय गरिसकेको छ ।

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ । एमालेमा हाल अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत