सीटीईभीटी अन्तर्गतका स्थगित परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १३:०२:०० मा प्रकाशित
काठमाडाैं । स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने जनाइएकाे छ ।
परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरुको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सार्वजनिक गरेको छ ।
साथै डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरु, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरु प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
परिषद् नियन्त्रण कार्यलयले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गतको परीक्षा फागुन ८ गतेदेखि हुने जनाएको छ ।
परिषद्का अनुसार परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस