प्रधानन्यायाधीश राणाका भाइकाे नाममा ३० कराेड गैरकानुनी सम्पत्ति, शुद्धीकरण विभागमा उजुरी दर्ता
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १३:५२:०० मा प्रकाशित
काठमाडाैं । चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणाको नाममा गैरकानुनी सम्पत्ति रहेको देखिएको छ । प्रधानन्यायाधीश शमशेर राणाका भाइ प्रभु शमशेर राणाको नाममा थप ३० करोड बराबरको गैरकानुनी सम्पत्ति रहेको देखिएको छ । प्रभुका नाममा विभिन्न स्थानमा घर जग्गा फेला परेको भन्दै छानविनका लागि सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भएको छ ।
डा.गोविन्द केसीले चोलेन्द्रका भाइ प्रभुको नाममा सम्पत्ति भेटिएको सूचना विभागलाई उपलब्ध गराएका छन । यसअघि केसीले प्रधानन्यायाधीश राणाको सहयोगमा विचौलियाको रुपमा उनका भाइले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अनुसन्धानका लागि विभागमा उजुरी दिएका थिए ।
डा.केसी सहितले दर्ता गराएको उजुरीमा प्रधानन्यायाधीश राणाकी श्रीमतीको नाममा समेत गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति रहेकाले त्यसको पनि छानबिन हुनुपर्ने माग गरेका थिए । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा २०७८ पुस ११ मा दर्ता भएको उजुरीसँग सम्बन्धित कसूरका सम्बन्धमा पूरक सूचना उपलब्ध गराउन केसीले विभागमा निवेदन दिएका हुन् ।
प्रभु शमशेरको नाममा काठमाडौं महानगरपालिका–२९ ठमेलको कित्ता नम्बर १०८५ को ८ आना जग्गासहित घर २०७६ मंसिर २० मा खरिद भएको केसीको निवेदमा उल्लेख गरिएको छ । काठमाडौंको गोठाटार–८ को कित्ता नम्बर १२४, कित्ता नम्बर ३३ को साढे ३ रोपनी जग्गा समेत गरी ३० करोड रुपैयाँभन्दा बढी मूल्यका घर जग्गाहरु रहेको तथ्य अवगत हुन आएको केसीले निवेदनमा दावी गरेका छन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हङकङसँग पराजित हुँदा नेपाल इमर्जिङ एशिया कपमा छनोट हुनबाट बाहिरियाे
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
प्रतिकृया दिनुहोस