गठबन्धनकाे चिन्ता : स्थानीय तह निर्वाचनमा गठबन्धनलाई कसरी बलियाे बनाउने ?
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १४:१५:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बुधबार दिउँसो भेटघाटले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने कुरामा कुनै विमति नरहेकाे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।
गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । गठबन्धन निर्वाचनपछिसम्म कायम रहने उनको भनाइ छ ।
नेपालले साे कुरा बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा बताएका हुन् ।
उनले पत्रपत्रिकामा मनगढन्ते कुरा आएका बताए । नेपालले भने, ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’
सत्तारुढ गठबन्धनका कारण दक्षिणपन्थी शक्तिहरुमा त्रास पैदा भएको भन्दै नेता नेपालले राष्ट्रिय सभा निर्वाचनबाट सुरु भएको चुनावी गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि जारी रहने बताए ।
‘हामी तीनैजना बसेर छलफल गरौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आएका रहेछन्,’ उनले भने, ‘यो गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल गरेका छौं ।’
अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने पनि बताए । ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन’ उनले भने । ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस