पब्जी खेल्न नदिएकाे भन्दै १४ वर्षिय बालकद्वारा आमा सहित तीन जनाको गाेली हानी हत्या
- गाउँ सहर संवाददाता
- १९ माघ बुधबार, २०७८ | १५:४०:०० मा प्रकाशित
एजेन्सी । भारतकाृ पञ्जाब प्रान्तको राजधानी लाहोरमा एक १४ वर्षीय बालकले सुतिरहेको अवस्थामा आफ्नी आमा, दुई बहिनी र एक भाइको गोली हानी हत्या गरेका छन् । घटना गत हप्ताको हो ।
शुक्रबार प्रहरीले यो सनसनीपूर्ण हत्याको सत्यता देशसामु राखेको छ । अभियुक्त नाबालिग छन् । त्यसैले उनको नाम भने दिइएको छैन । उनी पक्राउ परेका छन् । उनले हत्या गरेको पेस्तोल नाबालिगकी आमाले परिवारलाई जोगाउन किनेकी थिइन् ।
४५ वर्षीय नाहिद मुबारक आफ्ना दुई छोरी (१७ र ११ वर्ष) बाहेक दुई छोरा (२२ र १४ वर्ष) सँग लाहोरको पश क्षेत्र खानामा बस्दै आएका थिए । नाहिद सम्बन्ध विच्छेद भई सरकारी स्वास्थ्य विभागमा कर्मचारी थिइन् ।
गत हप्ता नाहिद, दुवै छोरी र जेठो छोराको शव घरबाट भेटिएको थियो । १४ वर्षीय कान्छो छोराले छिमेकीलाई प्रहरी बोलाउन आग्रह गरेका थिए । यो १४ वर्षीय बालकको सम्पूर्ण परिवारमा एक मात्र बाँकी थियो। प्रहरीमाथि मुद्दा सुल्झाउन निकै दबाब परेको थियो । यो विषयलाई लिएर मिडियामा निकै चर्चा चलेको थियो ।
प्रहरीले एक विज्ञप्तिमा भनेको छ – घटनाको जानकारी पाएपछि धेरै कोणबाट अनुसन्धान गरिएको थियो । घरमा धेरै फोन आए पनि नाबालिगले छिमेकीलाई प्रहरी बोलाउन आग्रह गरेका थिए । उनले आफू माथिल्लो तलामा सुतिरहेको र बिहान शव देखेको प्रहरीलाई बताएका थिए । गहिरिएर सोधपुछ गर्दा उनी खुले र यी सबै हत्या आफूले गरेको बताएका छन् ।
प्रहरीका अनुसार– अनुसन्धानका क्रममा नाबालिग आमालाई पब्जी गेम खेल्ने लतबाट हैरान भई पढाइमा ध्यान केन्द्रित गर्न पटकपटक आग्रह गरेको पाइएको थियो । घटना भएको दिन पनि नाहिदले आफ्नो छोरालाई गेमिङको लत नछोडेको भन्दै गाली गरेकी थिइन । राति परिवारका सबै सदस्य सुतेपछि नाबालकले अलमिराबाट आमाको लाइसेन्सको पेस्तोल निकालेर एक एक गरी सबैको हत्या गरेका थिए । गेमिङको लतका कारण उनी मानसिक रूपमा पनि स्वस्थ छैनन् । उनले अपराध स्वीकार गरिसकेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस