गाउँ सहर

पुस महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या घट्याे

काठमाडौँ । गत पुस महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको थियो ।

वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६६ हजार ६२५ जना श्रमिकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । पुस महिनामा दैनिक औसत २ हजार २२० जना श्रमिक विदेश गएका छन् ।

गत मंसिर महनिमा दैनिक औसत वैदेशिक रोजगारीमा जानेको संख्या  करिब २ हजार ५ सय पुगेको थियो ।

मंसिर महिनामा ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका थिए । सो संख्या कात्तिक महिनाको भन्दा करिब साढे १९ हजारले बढी थियो । तर, पुस महिनामा ७ हजार ७ सय २९ले घटेको देखिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत