अर्थतन्त्र

लगातार उकालाे लाग्दै सुनकाे मूल्य

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० रुपैयाँले बढेर रु ९२ हजार ७०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ । 

यसैगरी, आज चाँदीको कारोबार मूल्य स्थिर छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत