गाउँ सहर
लेक लागेर पाँचथरमा एक युवककाे निधन
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १२:१७:०० मा प्रकाशित
काठमाडाैं । पाँचथरमा एक युवकको मृत्यु भएको छ । चौंरी गोठ जाँदा लेक लागेर पाँचथरमा एक युवकको मृत्यु भएको हाे । जिल्लाको फालेलुङ गाउँपालिका– ५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
हिजाे राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए । हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिएका छन् ।
प्रवक्ता विश्वकर्माले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
प्रतिकृया दिनुहोस