गाउँ सहर

जुत्ता उद्योगमा भीषण आगलागी, दमकल बिग्रिँदा आगो नियन्त्रण बाहिर

काठमाडाैं । जुत्ता उद्योग आगलागी भएकाे छ । झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी भइरहेकाे छ । आगलागी अहिलेसम्म नै जारी रहेकाे प्रहरीले जानकारि दिएकाे छ । 

केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको प्रहरिले बताएकाे छ । 

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जनाएका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत