राेजगारी : गाेकर्णेश्वर नगरपालिकाले माग्याे सुपरिवेक्षक र गणक
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १५:५२:०० मा प्रकाशित
काठमाडाैं । गाेकर्णेश्वर नगरपालिकाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणक माग गरेको छ ।
नगरअन्तर्गत गरिब परिवार पहिचान गर्न इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
३ जना सुपरिवेक्षक र २३ जना गणक माग भएको नगरपालिकाले सार्वजनिक गरेकाे सूचनामा उल्लेख गरेकाे छ ।
सुपरिवेक्षकका लागि कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन सक्छन् ।
आवेदन नगरपालिकाको कार्यालयमै गएर तोकिएको सर्तानुसार १५ दिनभित्र दिई सक्नुपर्ने जनाइएको छ ।
यो सूचनाअनुसार आवेदन फराम भर्दा रू १००० शुल्क छ ।
पाँच महिनाका लागि करारमा लिन लागिएकाे पदकाे छनाेटकाे प्रक्रिया अन्तर्वार्ताबाट हुनेछ भने स्थानीय तहका बासिन्दालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस