भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार काेराेना सङ्क्रमित थपिए
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १५:२६:०० मा प्रकाशित
काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
साेही अवधिमा कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु भएका कुल सङ्ख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।
हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ । लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित सङ्ख्या घटेको मन्त्रालयले बताएको छ ।
हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना डिस्चार्ज भइसकेका छन् भने गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना निको भएकाे मन्त्रालयले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस