स्वास्थ्य
काठमाडाैं उपत्यकाका तीन जिल्लामा थपिए १,५०९ जना कोरोना संक्रमित
- गाउँ सहर संवाददाता
- २० माघ बिहीबार, २०७८ | १७:३५:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५०९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ जना संक्रमित थपिएका हुन् ।
यस्तै गत २४ घण्टामा देशभर ३ हजार १७५ संक्रमित थपिएका छन् भने १४ जनाले ज्यान गुमाएका छन् ।
बिहीबार ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घन्टामा १० हजार २६ पीसीआर तथा २ हजार ५७९ एन्टिजेन परीक्षण भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस